२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रशासन कार्यालयको आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दीपावली, सरसफाइ र राष्ट्रिय झण्डा फहराउने सहितका कार्य गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह गरेको छ। प्रशासन कार्यालयले सार्वजनिक सूचनजा प्रेषित गर्दै फागुन ६, ७ र ८ गते साँझ जिल्लास्थित सबै कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकाय र जिल्लावासीले घरघरमा दीपावली गर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलद्धारा जारी सूचनामा जिल्लास्थित सबै कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघसंस्था र शैक्षिक प्रतिष्ठान तथा निकायहरुले आफ्नो इलाका वा परिसर सफाइ गरी सम्भाव्य स्थानमा सजावट सहित राष्ट्रिय झण्डा फहराउन आग्रह गरिएको छ।

यस्तै जनस्वास्थ्य सुरक्षामा मापदण्डहरु अपनाइ राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ केन्द्रित विभिन्न साँस्कृतिक, साहित्यिक र शैक्षिक क्षेत्र सम्वद्ध सृजनात्मक तथा रचनात्मक प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना तथा सञ्चालन गर्न समेत प्रशासन कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०९:४२ शुक्रबार

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ दीपावली सरसफाइ र राष्ट्रिय झण्डा फहराउने राष्ट्रिय प्रजातन्त्र दिवस