२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

शहिदनगर नगरपालिकाको बजेट ६५ करोड २८ लाख

धनुषाको शहिदनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६५ करोड २८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार ११ औं नगरसभामा नगर प्रमुख दिनेश प्रसाद यादवले आगामी नीतिगत कार्यक्रम र बजेट हस्तान्तरण गरेपछि उप-प्रमुख सुनिता कुमारी सिंहले उक्त अनुमानित बजेट प्रस्तुत गरिन्।

उप-प्रमुख सिंहले प्रस्तुत गरेको बजेटमा संघीय सरकारको विभिन्न अनुदान र राजस्व बाँडफाँडबाट प्राप्त हुने रकमहरू यस प्रकार छन्:

- वित्तीय समानीकरण अनुदान: १३ करोड २० लाख

- सशर्त अनुदान: २४ करोड ४७ लाख ३१ हजार

- विशेष अनुदान: ५ करोड ५० लाख

- राजस्व बाँडफाँड: ११ करोड ३९ लाख

- सम्पूरक अनुदान: १ करोड ५० लाख

प्रदेश सरकारको अनुदानतर्फ:

- वित्तीय समानीकरण अनुदान: ९६ लाख

- विशेष अनुदान: ३० लाख

- सम्पूरक अनुदान: २० लाख

- राजस्व बाँडफाँड: ५० लाख

नगरपालिकाको आन्तरिक आम्दानीबाट १ करोड, आन्तरिक स्रोतको राजस्व बाँडफाँडबाट ३० लाख र चालु आर्थिक वर्षको बाँकी रकमबाट ५ करोड प्राप्त हुने अनुमान गरिएको छ।

आगामी बजेटमा विगतका अधुरा योजनाहरुलाई प्राथमिकता दिइएको छ। सबै वडाहरूलाई सडक सञ्जालमार्फत जोड्न रिङ्ग रोड बनाउने र गाउँ-गाउँ, टोल-टोलका सडक सञ्जालको कामलाई तीव्रता दिने योजना छ। साथै, सार्वजनिक सम्पत्ति अतिक्रमण हुन नदिने नीति लिइएको छ।

कृषकहरूको माग अनुसार साना सिंचाइका कार्यक्रम सञ्चालन गरी स्यलो, ट्युबवेल, पम्पसेट र मोटरको व्यवस्था गरिने लक्ष्य लिइएको छ।

आगामी आर्थिक वर्षमा दुईवटा बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको छ। धबौली र स्वास्थ्य चौकी बालाबाखरमा बर्थिङ्ग सेन्टर सञ्चालन गरिनेछ। यसअघि प्राथमिक स्वास्थ्य केन्द्र यदुकोहामा सञ्चालन रहेको बर्थिङ्ग केन्द्रको स्तर उन्नतिका लागि थप बजेट विनियोजन गरिनेछ।

स्वास्थ्य आँखा अभियान सञ्चालन गरी नागरिकहरूको आँखा स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिनेछ। साथै, सबै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखा र कान परीक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सेवा प्रबाहमा सहजीकरण गर्नका लागि साइकल वितरण गरिनेछ।

प्रकाशित: १० असार २०८१ २०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App