२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेस प्रदेशको योजना आयोगको उपाध्यक्षमा सोहन साह नियुक्त

मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.सोहनप्रसाद साहलाई नियुक्त भएका छन्।।

मुख्यमन्त्री सतिश कुमार सिंहले उनलाई बिहीबार नीति आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। साह जनकपुरधाम उपमहानगरपालिका-१ का बासिन्दा हुन् । 

उनी यसअघि जनमत पार्टीको सिफारिसमा आयोगका सदस्य् भएर काम गरेका थिए । तर जनमत सरकारबाट बाहिरिएपछि उनलाई तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले सदस्यबाट बर्खास्त गरेका थिए । 

आयोगको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । नीति आयोगका उपाध्यक्षलाई प्रदेश सरकारको आर्थिक सल्लाहकारको रूपमा मान्छ। 

यसअघि आयोगका उपाध्यक्षमा नाथु प्रसाद चौधरी थिए्। आयोगमा उपाध्यक्ष र कम्तीमा एक महिलासहित चार सदस्य रहने व्यवस्था रहेको छ ।

प्रकाशित: ६ असार २०८१ १६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App