२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपाबिनै मधेस प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ । विहीबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित भएको हो।

गत मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरेकी थिइन् । जनमत नेतृत्वको सरकारले पहिलो पटक ल्याएको नीति तथा कार्यक्रममा २७ पृष्ठमा दुई सय २५ बुँदे नीति उल्लेख रहेको छ ।

नेपाली कांग्रेसका सांसद विरेन्द्र कुमार सिंहद्वारा ९ बुँदे संसोधन र लोसपाकि सांसद रानी कुमारी शर्माद्वारा दुई बुँदे संसोधन प्रस्ताव दर्ता गराएकि थिइन् । उक्त प्रस्ताव सहित नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रतिपक्ष दलका सांसदसंगै सत्तापक्षका सांसदहरुले त्रुटी औल्याएका थिए ।  

छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले आउने बजेटमा उठेका विषयहरुको सम्बोधन गर्ने आवश्वासन दिएका थिए । उनले चुरे तथा खाने पानी र कृषिलाई आधुनिकिकरणको रुपमा विकास गर्दै जलवायु परिवर्तन रोक्नका लागि थप लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उक्त आश्वासन दिएपछि सांसदद्वयले दर्ता गराएको संसोधन प्रस्ताव फिर्ता लिएका थिए।

सर्वसहमतिले पारित भनिएको नीति तथा कार्यक्रममा भने जसपा नेपालको अनुपस्थिति रहेको थियो । जसपा नेपालको महाधिवेशन चलिरहेको हुँदा परामर्श समितिको बैठकमा सरकारलाई जसपा नेपालले केही दिन सार्न आग्रह गरेका थिए। तर जसपा नेपालको प्रस्तावलाई अस्विकार गरेपछि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको दिन जसपा नेपालद्वारा वहिष्कार गरिएको थियो।

प्रकाशित: ३१ जेष्ठ २०८१ १८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App