२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपा नेपालको पदाधिकारीको निर्वाचन नहुने ,चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई

जनता समाजवादी पार्टी(जसपा) नेपालको अध्यक्ष बाहेक बाँकी रहेका पदाधिकारी छनौटका लागि निर्वाचन नहुने भएको छ । अध्यक्षमा उपेन्द्र यादव बुधबार नै सर्वसम्मतले चयन भैसकेको छ ।

अन्य १९ पदाधिकारी र केन्द्रीय सदस्यमा ३७२ उम्मेदवारी परेको थियो । चुनाव गराउँदा समावेशी नहुने अबस्था देखेर अध्यक्ष यादवले सर्वसम्मति टिम बनाउने प्रस्ताव राखेका थिए ।

अध्यक्ष यादवको प्रस्ताव सर्वसम्मतिले पारित भएको जसपा नेता मनिष सुमनले जानकारी दिए । उनले सबै उम्मेदवारले उम्मेदवारी त्यागेको पनि बताए । नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष यादवलाई दिइएको छ ।

उनका अनुसार सम्भवत आजै १९ पदाधिकारी र २०१ केन्द्रीय सदस्य अध्यक्ष यादवले घोषणा गर्ने तयारी गरेका छन् । सबैले उम्मेदवारी त्यागेकाले उम्मेदवारी परेको पदबाट अन्य पदमा पनि नेतालाई व्यबस्थापन गर्न सकिने भएको छ ।

प्रकाशित: ३१ जेष्ठ २०८१ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App