२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपा नेपालको प्रथम एकता महाधिवेशन सुरु, सत्तारुढ दलका नेता पनि सहभागी

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम एकता महाधिवेशनमा जनकपुरधाममा सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर तीन दिमसम्म चल्ने महाधिवेशन उद्घाटन गरेका छन् ।  

एकताको महाधिवेशन नाम दिएको उद्घाटन समारोहमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, राष्ट्रिय  स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्ले, राप्रपाका बुद्धिमान तामाङ, कम्यूनिष्ट पार्टी नेपालका नेत्रविक्रम चन्दलगायतका नेताहरुको उपस्थिति छ ।

महाधिवेशनमा शुभकामना राख्दै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले संघीयतालाई समाप्त पार्ने खेल भइरहेको उल्लेख गर्दै सबै दल गम्भीर हुनुपर्ने बताए । 

मधेस आन्दोलनको बल र जगमा देशमा संघीयता र समावेशीकरण आएको बताउँदै उनले संघीयता रक्षाका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याए । महाधिवेशनमा करिव दुई हजार प्रतिनिधिको सहभागिता छ ।

प्रकाशित: २८ जेष्ठ २०८१ १६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App