२० असार २०८१ बिहीबार
image/svg+xml
विचार

अर्को क्रान्ति कहिले? अहिले

क्रान्ति, आन्दोलन र वर्ग संघर्षमा प्रधान दुश्मनका विरुद्ध लड्दा क्रान्तिधर्मी वर्गको समावेशिताको पृष्ठभूमि हेर्दा थाहा लाग्छ, रुसको बोल्सेभिक क्रान्तिमा समाजको सबै अग्रगामी वर्गको सहभागिता थियो। यो क्रान्ति सर्वहारा वर्गको अधिनायकत्वमा नयाँ समाजवादी राज्य स्थापित गर्न बुर्जुवा प्रतिक्रियावादी वर्ग र साम्राज्यवादी शक्तिलाई परास्त गर्न केन्द्रित थियो। यही लक्ष्य प्राप्तिका आधारमा लेनिनको नेतृत्वमाा बोल्सेभिक समाजवादी क्रान्ति सन् १९१७ मा सम्पन भई सर्वहारा वर्गको अधिनाकत्वमा राज्य सत्ता स्थापित गर्न सफल भएको थियो।  

फ्रान्सको राज्यक्रान्ति जमिन्दारसामन्त पादरी रकुलिन वर्गका विरुद्ध थियो जसमा निम्न पुँजीपति वर्ग मध्यम वर्ग, रश्रमजीवी वर्ग क्रान्तिमा सहभागि भएका थिए जसले फ्रान्समा औद्योगिक पुँजीवादी क्रान्ति सम्पन्न गर्न बाटो खोलेको थियो।

चिनिया नौलो जनवादी क्रान्ति चिनिया मजदूर, किसान रकालीगढ, श्रमिक सर्वहारा वर्गद्वारा भीषण वर्ग संघर्षको बलमा सशस्त्र युद्धद्वारा ठालु शासक वर्ग, जमिन्दार, पुँजीपति वर्ग शोषक जालीहरूलाई परास्त गरी माओको नेतृत्वमा नौलो जनवादी क्रान्तिमा विजय हासिल गरेको थियो।

यो सत्य हो, सत्ताको वर्गीय चरित्रका आयाम विविध स्वरूपमा हुन्छन्। विभिन्न वर्र्गमा विभाजित समाज नै वर्ग संघर्षको इतिहास हो। समाज विकासका क्रममा बुर्जुवा पुंँजीवादी समाजका विरुद्ध समाजवादी क्रान्तिको वर्ग युद्धको वैचारिक धारले समाजवादी राज्यसत्ता स्थापना गर्ने भन्छ।

यही सैद्धान्तिक धारका आधारमा वर्गविहीन शोषणविहीन समाजको पक्षमा लड्ने साम्यवादी समाज निर्माण गर्ने परिकल्पनाको वर्गीय चरित्र बोकेको हुन्छ। क्रान्तिकारी वर्गको तत्परता, साहस र बलिदानविना प्रतिक्रियावादी वर्गको सत्ता खतम गर्न सकिँदैन। त्यसकारण उच्च त्यागको मात्राले प्रतिक्रियावादी सत्तालाई अन्त्य गर्छ रनयाँ न्यायपूर्ण राज्य सत्ता निर्माण  गरेको हुन्छ।

पुरानो प्रतिक्रियावादी वर्गको सत्ता कसैले नढाल्दासम्म स्वतः आफैँ शान्तिपूर्ण तरिकाले ढल्दैन। त्यो क्रान्तिकारी सर्वहारा वर्गको महान् त्याग रभीषण वर्ग संघर्षको बलले मात्र ढाल्नुपर्ने हुन्छ। अहिले प्रतिक्रियावादी वर्गलाई परास्त गर्न क्रान्तिकारी हस्तक्षेपका निम्ति वस्तुगत र मनोगत अवस्था तयारछ भन्छौँ हामी।

अब क्रान्तिकारी वर्गको तत्परता र पहलकदमीद्वारा क्रान्तिका बाँकी काम पूरा गर्न संघर्ष थालनी हुनुपर्छ। सर्वहारा वर्गको नेतृत्वमा पुँजीवादी क्रान्तिको उच्च विकास गर्ने र समाजवादी क्रान्तिको आधार निर्माण गर्ने वस्तुगत अवस्था तयार भएको देखिन्छ।

जातीय छुवाछूत तथा सबैखाले अन्यायपूर्ण संरचनाहरू समुल नष्ट गर्न वस्तुगत तथा मनोगत अवस्था तयार भएको छ। अब नेपाली समाजको अग्रगामी क्रान्तिकारी वर्गले पहल गर्न आवश्यक छ।

वर्गीय समाजमा अन्तरर्विरोध व्यापक रहन्छ जसले प्रतिक्रियावादी वर्गविरुद्ध परिवर्तनका छालहरू सिर्जना गर्छ। वर्गयुक्त समाजमा वर्ग अन्तरविरोध वर्गहरूका बीचमा मात्र रहन्छ। त्यहाँ यथास्थितिवादी, पछौटे रनिरकुंश शक्तिविरुद्ध प्रतिरोधको शक्तिले सजीव भूमिका खेल्छ।

वर्गहरूबीचको शत्रुतापूर्ण अन्तरविरोधले वर्ग संघर्षको जीत रहारको निष्कर्ष दिन्छ। जसमा वर्गहरूबीचको अन्तरद्वन्द्वको लडाइँ ज्यादै तीव्र रस्पष्ट निष्कर्षका रूपमा हुन्छन्। यही वर्ग अन्तरविरोधले गर्दा भीषण वर्ग संघर्ष, विद्रोह, उथलपुथल र रूपान्तरणका अवस्था जन्माएको हुन्छ। जसका कारण एउटा क्रान्तिकारी वर्गले जित्ने रप्रतिक्रियावादी वर्ग पराजित हुने अवस्था आएको हुन्छ।

नेपाली समाजको जातीय तथा वर्गीय अन्तरविरोध समाप्त गर्न १० वर्षे सशस्त्र युद्धको बलमा वर्गीय अस्तित्वमा रहेका वर्गीय, जातीय अन्तरविरोध एउटा नौलो जनवादी क्रान्तिको तागतले सर्वहारा वर्गको विजयमा समाप्त हुन्छ भन्ने थियो। तर सशस्त्र युद्धबाट केन्द्रीय सत्ता कब्जा गर्न सकिँदैन भन्ने सोचमा  संसद्वादी सात पार्टीसँग १२ बुँदे सहमतिका आधारमा १९ दिने विशाल जनआन्दोलन सुरु भयो जसले सामन्ती राजतन्त्र अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संसद्वादी बुर्जुवा राज्य व्यवस्था स्थापना गर्न सफल भयो। अहिले यो क्रान्तिको एउटा कोर्स पूरा गरेको अवस्था हो। अझै समाजवादी क्रान्तिका कार्यभारपूरा गर्न बाँकी छ।

नेपाली समाजको मौलिकताका आधारमा २१औँ शताब्दीमा समाजवादी क्रान्तिका आधारहरू तयारगर्दै क्रान्तिका पूर्ण युद्धका सवाललाई उठाउन पहल गर्ने कार्यनीति बनाउने हो। उत्पीडनलाई बदल्ने विश्व दृष्टिकोणका आधारमा विश्व साम्राज्यवाद, पुँजीवाद र उदारवादका सबैखाले संशोधनवादविरुद्ध हस्तक्षेपकारी कार्यनीति बनाएर क्रान्तिकारी वैचारिक धारलाई पुनर्जीवित गर्दै लग्ने हो। देशीय एकाधिकारवाद, दलाल संसदीय नोकरशाही पुँजीवादको अन्त्य रराष्ट्रिय पुँजीपति वर्गको सुरक्षामा विकास गर्दै समाजवादी कार्यनीतिको बाटोमा अघि बढाउने हो।

समाजवादी सत्ताले वर्गीय, जातीय उत्पीडन र सबैखाले अन्यायपूर्ण आदतको सत्ता अन्त्य गर्ने भएकाले वर्ग युद्ध, जातीय मुक्ति युद्धको संयोजन गर्दै न्यायपूर्ण समाज बनाउन साहस गर्ने हो। ग्रामीण वर्ग संघर्षलाई उच्च विकास गर्दै शहरिया विद्रोहसँग जोड्दै जातीय छुवाछूत र सबैखाले उत्पीडन अन्त्य गर्न यो महान् शक्तिको वैचारिक धारको विकास गर्दै वर्ग संघर्षको छाल अघि बढाउने हो। प्रतिक्रियावादी वर्गसँग लड्न क्रान्तिकारी तप्कालाई क्रान्ति सम्पन्न नहुँदासम्म क्रान्तिकारी बनिरहने विचारको कार्यदिशाबाट प्रशिक्षित गरी जुझारु बनाइरहने सोचबाट अघि बढ्ने हो।  

प्रकाशित: ११ असार २०८१ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App