२३ असार २०८१ आइतबार
image/svg+xml
विचार

डेंगी निर्मूलनतर्फ वैज्ञानिक खोज

सन् २०१४ मा पहिलो पटक नेपालमा देखा परेको डेंगीले पोहरसाल ठूलै समस्या ल्यायो। गत बर्ष यो रोगका कारण हजारौँ मानिस बिरामी भए भने झण्डै एक सय मानिस परलोक पुगे। चालु वर्ष पनि रोगले बिस्तारै धरानबाट आफ्नो रफ्तार पक्रन लागेको देखियो। रोगको संक्रमण अवस्था हेर्दा पोहरको तुलनामा रोगको आयतन यो वर्ष कम होला भन्ने आकलन गरिँदैछ। नेपालको अवस्था केही सहज देखिए पनि बर्सेनि बढ्दै गएको डेंगीको प्रकोपले यो वर्ष विश्वमा भने नयाँ रेकर्ड राख्ने ठान्दैछ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)। एकातिर ग्लोबल वार्मिङले रोगलाई झनझन् बिष्फोटक बनाउने डब्लुएचओको प्रक्षेपण छ भने अर्कोतिर अहोरात्र अन्वेषणमा खटिने बैज्ञानिकहरू रोगको कारकका रूरूपमा रहेको लामखुट्टेलाई काबुमा लिइ डेंगी मात्र होइन, बरू सबै किसिमका भेक्टर डिजिजलाई नियन्त्रण गर्ने अवस्थाको निकटमा आफूहरू पुगेको ठान्दैछन्। डेंगी नियन्त्रणमा विज्ञानको सफलताको चिरफार यो लेखको लक्ष्य हो।  

उष्ण तापक्रम अनि सापेक्षित आर्द्रता अधिक भएको ट्रपिकल तथा सबट्रपिकल इलाकामा लामखुट्टेको जीवनचक्र फष्टाउने भएकाले उक्त क्षेत्रमा मच्छरले सार्ने रोगहरू अत्यधिक देखिनु अस्वाभाविक भएन। दुर्भाग्यबस नेपालका अधिकांश नागरिक यही इलाकामा बस्छन्।  

इन्सेफ्लाइटिस, कालाज्वर, जिका जस्ता मच्छरले सार्ने अन्य रोगका कारण मर्नेको आकडा हेर्दा यो सूक्ष्म कीरा काबुमा लिन सके लाखौँ जीवन जोगाउन सकिने देखियो।  

पछिल्लो केही दशकदेखि ठण्डा इलाकाको तापक्रम बिस्तारी बढ्दै गयो। लामखुट्टे तराईबाट पहाड उक्लिए। बासस्थान फिँजारिएपछि मच्छरले सार्ने रोगको आधार इलाका पनि बढ्यो। सन् २००० बाट २०२२ सम्म आइपुग्दा डेंगी संक्रमितको संख्या आठ गुणा बढेको देखिनुले मच्छर उत्पादित सरुवा रोगको कहालिँदो अवस्था भन्छ। आकासिँदो रोगीको संख्यालाई मध्यनजर राख्दै डब्लुएचओले सन् २०१९मा डेंगीलाई विश्वको १० खतरनाक सरुवा रोगको श्रेणीमा राख्यो। साथै, १९ प्रतिशत सरुवा रोगको कारक लामखुट्टे भएकाले मच्छर नियन्त्रण गर्न सके हेल्थ केयर सिस्टमलाई निकै राहत पुग्ने देखियो।  

डेंगी भाइरसको संक्रमणका कारण यो रोग लाग्ने हो। तर डेंगी भाइरसका चार प्रजाति छन्। एकैजनालाई बारम्बार भिन्न भिन्न पुस्ताका कोरोनाले संक्रमण गरेभैmँ व्यक्तिलाई चार पल्टसम्म डेंगी लाग्न सक्ने देखिन्छ। तर एकै व्यक्तिलाई दोहो¥याएर डेंगीको संक्रमण भए समस्या निकै जटिल हुन सक्ने भन्छ संयुक्त राज्य अमेरिकाको सरुवा रोगसम्बन्धी अध्ययन अन्वेषण क्षेत्रको उपल्लो निकाय, सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)। दोहोरो संक्रमणको अवस्थालाई हेमोरेजिक फिभर भनिन्छ। त्यस्तो चरणका बिमारीमा अत्यधिक रक्तश्राव हुन सक्ने तथा एक्कासि रक्तचाप घट्न गइ व्यक्ति मर्न सक्ने भएकाले सावधान हुन आवश्यक देखियो।  

विश्वमा बर्सेनि झन्डै ४० करोड डेंगी रोगको सिकार हुन्छन्। संक्रमितमध्य अधिकांशमा भाइरसको प्रभाव सामान्य रहने भए पनि दोहोर्याएर संक्रमणको सिकारमा पर्ने र प्रतिरक्षा प्रणाली संझौताको चरणमा रहेकामा भने डेंगीले रोगीलाई मृत्युको मुखमा धकेल्छ। त्यस्तै मच्छरले सार्ने मलेरियाका कारण मात्र संसारमा बर्सेनि चार लाख मानिस मर्छन्। इन्सेफ्लाइटिस, कालाज्वर, जिका जस्ता मच्छरले सार्ने अन्य रोगका कारण मर्नेको आकडा हेर्दा यो सूक्ष्म कीरा काबुमा लिन सके लाखौँ जीवन जोगाउन सकिने देखियो।  

ल्याब विधिमार्फत ब्याक्टेरियाले संक्रमण गराइएका मच्छर भेक्टर डिजिजको प्रकोप भएको इलाकामा छोड्दा परिमार्जित र स्थानीय लामखुट्टेबीच समागम भइ उत्पादन हुने सन्ततिहरूमा बाल्बाकिया रहने हुँदा नयाँ पुस्ताले भाइरस सार्न सकेन।  

कीटनाशक ओखती तथा फोहोर पोखरीहरूको सरसफाइ जस्ता अभियानले मच्छरको रोकथाममा केही मद्दत पुगे पनि भेक्टर डिजिजहरूको नियन्त्रणमा दीर्घकालीन लाभ दिएन। आवधिकरूपले छरिने विषादीले मच्छरको संख्या केही घटाए पनि अन्य नवीन स्वास्थ्य समस्या भित्र्याए। अनि ओखतीको प्रभावकारिता घट्दै गइ झनझन कडा बिषादी प्रयोग गर्नुपर्ने भयो। यस्तो आवधिक समस्या समाप्त गर्न वैज्ञानिकहरूले दुई भिन्न तप्काका अनुसन्धान सुरु गरे। लामखुट्टे निर्मूल गरी विश्वलाई मस्किटो फ्रि बनाउने एउटा रणनीति आयो भने मच्छरलाई रोग सार्न नसक्ने अवस्थामा पु¥याउने अवधारणामा वैज्ञानिकको अर्को समूह काम गर्न थाल्यो।

मच्छरका भाले र पोथीको खानपिन फरक फरक हुन्छ। भाले फूलको रसमा रम्छ भने अण्डा उत्पादनका लागि रगत चुस्नु पोथी मच्छरको आवश्यकता हो। पोथीले मात्र मान्छेलाई टोक्ने भएकाले रोग सार्न पनि यसैको भूमिका देखियो। फरक खान्कीमा बाँच्ने भएकाले भाले र पोथीमा पाइने इन्जाइम तथा प्रोटिन पृथक हुनु अस्वाभाविक भएन। अन्वेषणका क्रममा वैज्ञानिकहरूले मच्छरमा पाइने एउटा महत्वपूर्ण जिन पत्ता लगाए अनि त्यसैको सहारामा थप उत्खनन गरे।  

बेलायतको इम्पेरियल कलेजका वैज्ञानिक एन्ड्रिया क्रिसान्तीको समूहले जेनेटिक इन्जिनियरिङ विधि प्रयोग गरी मच्छरको डबलसेक्स जिनलाई निस्तेज गरी परिस्कृत मच्छर बनाए। उक्त जिन निकम्मा भएपछि पोथी वयस्क अवस्थामा पुग्नुअघि नै मर्ने तर भाले मच्छरमा भने उक्त परिमार्जनले खासै असर पारेन। यसरी फूल पारेर सन्तानोत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने पोथी मच्छर वयस्क अवस्थामै नपुगेपछि मच्छर नासिनु स्वाभाविक रहेन।  

भाले मच्छरमा जिन निस्तेजको असर नपरेपछि मेल सेन्टर्ड अन्वेषण विधिमा विज्ञान केन्द्रित भयो। ल्याबमा लाखौँको संख्यामा परिस्कृत भाले मच्छर उत्पादन गरियो। परिमार्जित भाले मच्छर संकटग्रस्त इलाकामा छोड्दा स्थानीय पोथीसँग समागम हुन्छ। दोस्रो पुस्तामा भाले मात्र वयस्क हुने, पोथी भने मर्ने देखियो। यसरी पोथीको अस्तित्व नै समाप्त भएपछि अन्ततोगत्वा मच्छर मासिन्छ नै।  

यसरी अणुवांशिक हिसाबले परिमार्जित लामखुट्टे अमेरिकाले केही वर्षदेखि मच्छरको प्रभाव क्षेत्र क्यालिफोर्निया, फ्लोरिडा र टेक्सासमा सफलतापूर्वक परीक्षण मात्र गरेन, बरु सहरलाई मच्छरविहीनताको अवस्थामा पु¥यायो। लामखुट्टे नै नभएपछि मच्छरले सार्ने रोग आफसेआप नियन्त्रण भयो। यही विधि अवलम्बन गरी सिंगापुर र चीनले समेत संकटग्रस्त सहरलाई सामान्य अवस्थामा ल्याए।  

प्राणी र वनस्पतिको स्वस्थ इकोसिस्टमका कारण नै विश्व बस्न लायक छ। एक जीवको पूर्ण उन्मूलनले प्राणी जीवनचक्र मासिन गइ अर्को संकट आउन सक्ने भएकाले लामखुट्टेविहीनता घातक हुन सक्ने ठाने एक समूहले। यद्यपि हालसम्मका उत्खननले मच्छर निर्मूलन हँुदा पर्यावरणमा कुनै नकारात्मक प्रभाव पर्ने देखाउँदैन। लामखुट्टेको पूर्ण विनासभन्दा कीरालाई रोग सार्न नसक्ने अवस्थामा पु¥याउन उचित देखी अर्को समूह ह्युमन फ्रेन्डली मस्क्यूटो बनाउनमा लाग्यो।  

अधिकांश छवटा खुट्टा हुने कीरा  

फट्याड्ग्रामा बाल्बाकिया भन्ने ब्याक्टेरिया प्राकृतिकरूपमै पाइन्छ। अनि उक्त सूक्ष्माणुले आश्रित कीरालाई भने कुनै हानि गर्दैन। सबै फट्याग्रामा पाइने उक्त ब्याक्टेरिया कुनै पनि प्रजातिको लामखुट्टेमा भने पाएनन् अनुसन्धानकर्ताहरूले। कौतुहलता शान्त पार्न वैज्ञानिकहरूले मच्छरलाई बाल्बाकियाले संक्रमण गराए। त्यस्तो गर्दा लामखुट्टेको मानिसमा भाइरस सार्ने क्षमता नासियो। मच्छरको शरीरमा भाइरस र ब्याक्टेरियाले बाँच्नका लागि संघर्ष गर्दा ब्याक्टेरियाले जित्यो भन्ने वैज्ञानिक धारणा आयो। बाल्बाकिया संक्रमित मच्छरमा भाइरस बाँच्न नसक्ने भएपछि यो विधिलाई डेंगीलगायतका अन्य भाइरल डिजिजको नियन्त्रणमा प्रयोग गरे। ल्याब विधिमार्पmत ब्याक्टेरियाले संक्रमण गराइएका मच्छर भेक्टर डिजिजको प्रकोप भएको इलाकामा छोड्दा परिमार्जित र स्थानीय लामखुट्टेबीच समागम भइ उत्पादन हुने सन्ततिहरूमा बाल्बाकिया रहने हँुदा नयाँ पुस्ताले भाइरस सार्न सकेन।  

छोटो समयमै करोडौँको संख्यामा परिमार्जित लामखुट्टे उत्पादन गर्न सकिने भएकाले अब छिट्टै नै संसारबाट मच्छरले सार्ने रोग उन्मूलन गर्न सकिने देखिँदैछ। उल्लिखित दुवै विधिमार्पmत भेक्टर रोग नियन्त्रण गर्न सकिने भएकाले नेपालले पनि वैज्ञानिक आविष्कारका लाभ लिइ डेंगी, मलेरिया जस्ता रोगबाट मुक्ति पाउने दिन टाढा देखिँदैन।  

प्रकाशित: १९ भाद्र २०८० ००:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App