२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेरुमा मंकीपक्स समुदायस्तरमै फैलियो

फाइल तस्बिर।

पेरुमा मंकीपक्सको संक्रमण समुदाय स्तरमै फैलिएको पाइएको छ। यहाँको राष्ट्रिय स्वास्थ्य विभागका प्रमुख भिक्टर सुआरेजले सो कुराको जानकारी दिएका छन्।

उनले पेरुमा अहिलेसम्म  दुई सय ३ जनामा यो संक्रमण पाइएको भन्दै यो संक्रमण समुदाय स्तरमा नै फैलिएको पाइएको बताएका छन्। यहाँ देखिएका यी संक्रमितहरु अधिकांश पेरुको राजधानी शहर लिमाका छन्। त्यस्तै लिमाका छिमेकी प्रान्त कल्लाओका रहेका सुआरेजले जनाएका छन्।

पेरुको सरकारले मंकीपक्सको परीक्षणका लागि अलग्गै ल्याबको स्थापना गरेको छ र यसको संक्रमणसम्बन्धी सूचना दिने पनि अलग्गै संयन्त्र राखिएको छ। सो संयन्त्रअनुरुप मंकीपक्ससम्बन्धी परीक्षणको नतिजा २४ घण्टा भित्रै दिने गरिएको उनले बताएका छन्।

यो संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ। स्वास्थ्यमन्त्री जोर्ग लोपेजले पत्रकारहरुलाई बताएअनुसार ती संक्रमितहरुमध्ये अधिकांश ३२ देखि ३७ वर्षको उमेर समूहका रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पाइएको उनले जानकारी दिए। 

प्रकाशित: १० श्रावण २०७९ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App