२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महाराष्ट्रमा जिका भाइरस पुष्टि,सङ्क्रमित हुनेमा दुई जना गर्भवती पनि

भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस भेटिएको छ। जिका भाइरसबाट ८ जना सङ्क्रमित भएका छन्। जसमध्ये २ जना गर्भवती छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा ६ जना, अहमदनगर र कोल्हापुरमा एक–एक जनामा जिका भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरूको परीक्षण गर्दा ८ जनामा जिका भाइरस पुष्टि भएको हो।

जुन २६ मा जिका भाइरस सङ्क्रमणको पहिलो केस एरन्डवानेमा रिपोर्ट गरिएको थियो। त्यहाँ ४६ वर्षीय चिकित्सकको रिपोर्ट पोजेटिभ आएको थियो। उनको १५ वर्षीया छोरीमा पनि जिका भाइरस पोजेटिभ देखिएको छ।

पछिल्लो समय प्रायः जसो वर्षमा भारतका कुनै न कुनै क्षेत्रमा जिका भाइरसका सङ्क्रमित भेटिने गरेका छन्।

जिका भाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि स्वास्थ्य अधिकारीहरू चिन्तित बनेका छन्।

जिका लामखुट्टेबाट सर्ने भाइरस हो। यो रोग एक हल्का, आत्म–सीमित रोग हो र यो ज्वरो, दाग र जोर्नी दुखाइसँगै सुरु हुन्छ। यो भाइरस लामखुट्टेको टोकाइबाट सर्ने भए पनि यो यौन सम्पर्कबाट पनि सर्ने गर्छ। रासस 

प्रकाशित: २० असार २०८१ ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App