२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु, ३३ घाइते

भारतको जम्मु काश्मिरमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु भएको छ।

जम्मु काश्मिरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा आइतवार भएको ‘आतङ्कवादी आक्रमण’मा परी अन्य ३३ जना घाइते भएका छन्।

बस दुर्घटनाबारे एएनआईसँग कुरा गर्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रियासी मोहिता शर्माले दुर्भाग्यपूर्ण घटना रहेको भन्दै दुःख व्यक्त गरिन्।

आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको शर्माले बताइन्।

उनले घाइतेहरूको उद्धार गरी तत्कालै नरैनापुर र रियासी जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको बताइन्।

घटनामा संलग्नको पहिचान हुन नसकेको पनि उनले बताइन्।

प्रकाशित: २८ जेष्ठ २०८१ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App