२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

‘कर्णालीमा सिटामोल र एमजीटको समस्या छैन’

कर्णालीमा एक दशकअघिसम्म सिटामोलको अभावमा बिरामी छटपटिरहेको भेटिन्थ्यो। न स्वास्थ्य संस्थामा औषधि प्रयाप्त हुन्थ्यो। न स्वास्थ्यकर्मी नै। दुगर्म भनेर दरबन्दीका स्वास्थ्यकर्मी काजमा सुगम ठाउँमा बस्थे। कार्यालय सहयोगीले गाउँका स्वास्थ्य संस्था सञ्चाल गर्नुपर्ने यहाँको बाध्यता थियो। जिल्लामा अहेब र स्टाफनर्सले काम गर्थे। सामान्य रूगाखोकी लाग्दा पनि महंगो अस्पतालमा रेफर गर्ने यहाँको प्रचलन जस्तै बनेको थियो। सुविधा सम्पन्न अस्पतालसम्म पुग्न नसक्ने बिरामीको मृत्यु समेत हुने गरेको थियो। तर, पछिल्लोे समयमा कर्णाली ‘सिटामोल’ र ‘एमजीट’को अभाव झेल्नु परेको छैन। दक्ष विशेषज्ञ चिकित्सकले यहाँको नागरिकको उपचार गरिरहेका छन्।

कर्णाली सरकारका प्रवक्ता एवं भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले सिटामोल र एमजीटको अभावले समस्या झेल्नुपर्ने अवस्थाको अवस्थाको अन्त्य भएको बताइन्। ‘सिटामोल र एमजीटको आभाव छैन्। दक्ष चिकित्सकले विशेषज्ञ उपचार सेवा दिइरहेका छन्,’ उनले भनिन्, ‘यो कर्णालीमा स्वास्थ्य क्षेत्रको उल्लेखनिय काम हो। नागरिकलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि हामीले कामगर्दै आएका छौं।’

बाहिरबाट कर्णालीलाई हेर्ने दृष्टिकोण जस्तो छ प्रत्यक्ष पुग्दा निकै फरक रहेको मन्त्री केसीको भनाइ थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरसका समयमा निकै राम्रो काम गरेको भन्दै उनले प्रशंसा समेत गरिन। संकटका समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको योगदान र सेवा प्रति प्रदेश सरकारले उच्च सम्मान गरेकोको उनले बताइन्। प्रतिष्ठानबाट अब दक्ष चिकित्सक उत्पादन भएर देशभर परिचालन गरेर स्वास्थ्य सेवा दिने उद्योग जस्तै बन्नुपर्नेमा उनले जोड दिइन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र दक्ष जनशक्ति नभएको भए यहाँ कोरोना भाइरसको संकटले भयावह अवस्था हुनसक्ने भए पनि त्यसलाई रोक्न समयमै सफल भएको मन्त्री केसीको भनाइ छ। कोरोना भाइरसले विश्व नै त्रसीत भइरहेकाले बेला कुनै बिच्चलीत नभएर उच्च मनोबलका साथ काम गर्न चिकत्सकहरूलाई उनको आग्रह थियो।

आइसियु र भेन्टिलेटरको संख्या बढाउने प्रतिवद्धता
प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियु र भेन्टिलेटर थप गर्ने बताए। कोभिड–१९ को बेला प्रतिष्ठाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्योगको रूपमा विकास हुनुपर्ने उनको भनाइ थियो। पछिल्लो समय कर्णालीको स्वास्थ्य सेवामा निकै सुधार आएको उनले दाबी गरे। कर्णाली प्रतिष्ठान प्रति प्रदेश सरकार निकै सकरात्मक रहेकाले एमबिबिएस र एमडी पठनपाठनको लागि प्रदेश सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको उनले बताए।

प्रकाशित: २३ आश्विन २०७७ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App