२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

वीपीका चिकित्सक आकस्मिक सेवा छाडेर आन्दोलनमा, ओपिडी काउन्टरसमेत बन्द

वीपी प्रतिष्ठानका आन्दोलनरत आवासिय चिकित्सकहरु। तस्बिर रोहित राई

चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरि कारबाही गर्न र सुरक्षाको प्रत्याभुति गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासिय चिकित्सहरुले आन्दोलन गरेका छन्। चिकित्सहरुले आन्दोलन गरेपछि अस्पतालको सेवा भने प्रभावित बनेको छ।

आवासिय चिकित्सकहरुले आकस्मिक सेवासमेत छोडेर आन्दोलनमा उत्रिएपछि विरामीहरुले उपचार सेवा नपाएर विचल्ली बनेका छन्। आवासिय चिकित्सकहरु विना ओपिडी सेवा पनि सञ्चालन नहुने भएपछि आज प्रतिष्ठानले ओपिडी विल काउन्टरसमेत बन्द गरेको छ।

उपचार गराउन टाढा टाढाका जिल्लाहरुबाट आएका विरामीहरु अलपत्र परेका छन्। चिकित्सकहरु आन्दोलित भएपछि गाइनो, बच्चाको इर्मजेन्सी,आइसियुमा प्रभाव परेको छ।  

त्यस्तै मंगलबार दिउँसोदेखि नै पुर्वनिर्धारित अप्रेशनहरु पनि रोकिएको अस्पताल प्रशासनले जनाएको छ। कन्सल्टेन्टहरुले मात्र धान्न सक्ने अवस्था नभएपछि ओपिडी सेवा पनि रोकिएको प्रशासनको भनाई छ।

पोखरास्थित मणिपाल अस्पताललगायत विभिन्न अस्पतालमा डाक्टरमाथि कुटपिट भएर असुरक्षित बनेपछि आन्दोलनमा उत्रिन बाध्य भएको प्रतिष्ठानस्थित जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका सचिव डा.चन्दन चौधरीले जानकारी दिए। उपचार गर्ने डाक्टरहरु नै असुरक्षित भएपछि आफूहरु बाध्य भएर आकस्मिक सेवाको काम पनि छोड्नुपरेको उनले बताए।  

प्रकाशित: १० आश्विन २०८० ०८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App