२४ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

यसवर्ष ७ जनाले पाए रिड नेपालको छात्रवृत्ति

जर्ज वैण्ड मेमोरियल छात्रवृति पाएका विद्यार्थीहरुका साथ रिड नेपालको टिम।

ताप्लेजुङको दुर्गम र हिमाली क्षेत्रबाट उच्च शिक्षा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाइ दिइदै आएको जर्ज वैण्ड मेमोरियल छात्रवृति यसवर्ष ७ जनालाइ वितरण गरिएको छ।  

सन् २०१३ मा स्थापना गरिएको छात्रबृत्ति अहिलेसम्म ८० जनालाई प्रदान गरिएको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालका ताप्लेजुङ प्रवन्धक राजेन्द्र पन्तले जानकारी दिए।  

रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बूका अनुसार यसवर्ष वितरण गरिएको छात्रवृत्ति ७ लाख ६८ हजार रुपैंया बराबरको रहेको छ। ७ मध्ये ३ जनाले नियमित ३ वर्षसम्म र ४ जनाले निरन्तर २ वर्षसम्म छात्रवृत्ति पाउने छन्।  

मावोका अनुसार सिभिल ईञ्जिनियरिङ विषयमा अध्ययनरत फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकका साजना लिम्बू र बिकेन्द्र लिम्बूले वार्षिक ६० हजार रुपैंया दरले ३ वर्षमा जनही १ लाख ८० हजार रुपैंया बराबरको छात्रवृत्ति पाउने छन्। साजना मोहनमाया कलेज झापा र बिकेन्द्र सिरिजङ्गा गाउँपालिका वडा नं १ स्थित सिनाम माविमा अध्ययनरत छन्।  

यस्तै सिभिल ईञ्जिनियरिङको १८ महिने कोर्षमा झापास्थित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठनामा अध्ययनरत ९६ हजार रुपैंयाको छात्रवृत्ति पाएकी छन्। उनले यो रकम २ वर्ष भित्रमा पाउने छन्। यस्तै विज्ञान संकायमा अध्ययनरत फक्तालुङ गाउँपालिका वडा नं ६ लेलेपका याङ्ला शेर्पा र वडा नं ५ तापेथोकका दीपेश लिम्बूले २ वर्षे कोर्षका लागि वार्षिक जनही ४२ हजार रुपंैंयाका दरले २ वर्षमा ८४ हजार रुपैंया छात्रवृत्ति पाउने भएका छन्।  

याङ्ला कुमारी बोर्डिङ स्कुल काठमाडौंमा र दमक बहुमुखी क्याम्पसमा अध्ययरत छन्। यस्तै फक्तालुङ गाउँपालिका वडा नं ४ इखाबु खानीका सञ्जिव तामाङ र सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनका आयुष राईले वार्षिक जनही ३६ हजार रुपैंयाका दरले २ वर्षमा जनही ७२ हजार रुपैंयाका दरले छात्रवृत्ति पाउने छन्। सञ्जिव भानु जन मावि फुङलिङ र आयुष इलाममा अध्ययरत छन्।  

अध्ययन गर्न लाग्ने वर्षसम्म नै रिड नेपालले छात्रवृति प्रदान गरिरहने प्रावधान अनुसार कसैले २ वर्ष र कसैले ३ वर्षसम्म नै छात्रवृति रकम पाउने रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक पन्तले जानकारी दिए। स्थानीय स्तरमा प्राविधिक जनशक्ति अभाव भइरहेको अवस्थालाइ मध्यनजर गर्दै कार्यक्षेत्र भित्रका जेहेन्दार विद्यार्थीले पाउने छात्रवृत्ति प्राविधिक बिषय अध्ययन गर्नेहरुलाइ बितरण गरिएको रिड नेपालले जनाएको छ।  

फक्ताङ्लुङ गाउँपालिकाको इखाबु,लेलेप,तापेथोक,ओलाङ्चुङगोला तथा सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन,खेवाङ र मामाङ्खेलाइ रिड नेपालले आफ्नो कार्यक्षेत्र मानेको छ। अहिलेसम्म रिडले ८० जना विद्यार्थीलाइ यस्तो छात्रवृति प्रदान गरिसकेको छ। पन्तका अनुसार अहिले सम्म छात्रवृत्ति रकमबापत ५७ लाख ६८ रुपैंया बराबर वितरण गरिसकेको छ।  

हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा नेपालका दुर्गम र हिमाली क्षेत्रहरुको शैक्षिक प्रवद्र्धनका लागि रिड नेपालले काम गर्दै आएको छ। जर्ज वैण्ड तिनको नाम हो,जसले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमालमा पहिलो पटक मानव पाइला राखेका थिए। हिमालयन ट्रष्ट युके तिनै जर्ज वैण्डको संस्थापन र अगुवाइबाट सुरु भएको अन्तराष्ट्रिय गैर सरकारी संस्था हो। जर्ज वैण्ड भने दिवंगत भइ सकेका छन्। रिड नेपाल हिमालयन ट्रष्ट युकेको आर्थिक व्यवस्थापनबाट चलिरहेको छ।  

प्रकाशित: १९ कार्तिक २०७९ ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App