२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह

सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका निमित्त कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी गरेको छ।

दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नं. १, २ र ३ मा जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्नका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) तयार भएको छ। इआईए प्रतिवेदन प्रधानमन्त्री, वन तथा वातावरणमन्त्री स्तरको निर्णयबाट स्वीकृत भएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक अशिष गजुरेलले बन्दगाहको इआईए स्वीकृत भएसँगै अब निर्माण कार्य अघि बढ्ने बताए। ‘अहिलेलाई कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नं. १ मा पर्ने गौरिशंकर मध्यवर्ती सामुदायिक वनको ११७ हेक्टर वन क्षेत्रमध्ये ६३ हेक्टर जग्गामा आयोजनाको तयारी कार्य प्रारम्भ गर्न मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको हो,’ उनले भने ‘पहिलो चरणमा बन्दरगाहको आवश्यक संरचना निर्माण गर्ने जग्गाको ईआइए स्वीकृत भएको हो। ईआइए स्वीकृत भएसँगै सुदूर पश्चिम प्रदेशमा व्यापार सहजीकरणका लागि आधुनिकस्तरको एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणको ढोका खुलेको जनाएको छ।’

सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका निमित्त कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी गरेको छ।

स्वीकृत भएको उक्त क्षेत्रमा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको कार्य हुनेछ। सो एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह आयोजना नेपाल सरकारबाट राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा स्वीकृत रहेको छ।

समितिका कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहको लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययनको क्रममा रहेको बताए।

नेपालको भारतसँग तथा भारत मार्फत हुने अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका निमित्त कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नं. १, २ र ३ मा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन प्रस्ताव गरिएको थियो।

अहिलेलाई कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नं. १ मा पर्ने गौरिशंकर मध्यवर्ती सामुदायिक वनको ११७ हेक्टर वनक्षेत्र मध्ये ६३ हेक्टर जग्गामा आयोजनाको तयारी कार्य प्रारम्भ गर्न मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको हो।

स्वीकृत भएको उक्त क्षेत्रमा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको कार्य हुनेछ।

सो एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका वडा नं. १, २ र ३ मा पर्ने मायापुरी सामुदायिक वन उपभोक्ता समिति र गौरिशंकर सामुदायिक वन उपभोक्ता समितिले चर्चेको करिब २८० बिगाहा जग्गा पहिचान गरिएको थियो। सो क्षेत्रमा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्न स्थानीय निकाय, सामुदायिक वन उपभोक्ता समिति लगायत सबै निकाय एवम् क्षेत्रबाट सहमति उपलब्ध भएको छ।

सो इआइए प्रतिवेदनमा प्रस्तावित क्षेत्रको वातावरणीय प्रभाव न्यून गर्न न्यूनीकरणका उपायहरू लागू गरिनेछ जसमा डेनेज आउटलेट व्यवस्थापन, उत्सर्जित सामग्रीलाई सुरक्षित ढंगले विसर्जन, भौतिक संरचनाको पुनर्स्थापना, वृक्षारोपण, सडक सुरक्षा संकेत आदि विषय समावेश गरिएका छन्।

समितिले उक्त क्षेत्रमा वन्यजन्तुका संवेदनशील वासस्थान र बसाइसराइको बाटो समेत नपर्ने हुनाले जैविक विविधतामा पर्ने नकारात्मक प्रभाव समेत वातावरणीय व्यवस्थापन योजनाले न्यूनीकरण तथा रोकथाम गर्न सकिने जनाएको छ।

वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत प्रतिवेदन अनुसार उक्त सामुदायिक वन क्षेत्रमा पर्नेे १९ सय ८९ रुख काट्नुपर्ने र सो को क्षतिपूर्ति बापत १ लाख ५० हजार ५ सय २५ गोटा रुख शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति तथा नगरपालिकासँग समन्वय गरी वृक्षारोपण गर्नुपर्नेछ।

प्रकाशित: २९ वैशाख २०८० ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App