२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

शब्दको अनिकाल लाग्ने रैछ विचारमा विष पस्यो भने!

मुक्तक

१) मुक्तक

शब्दको अनिकाल लाग्ने रैछ विचारमा विष पस्यो भने,

भावमा अभावको महफिल बन्छ भाषा भासमा फस्यो भने।

भावसागर विषाक्त हुन्छ, सीमा नाघी छचल्कँदा,

मनमैदान भत्काउँछ चिन्तन रसातल खस्यो भने।

२) मुक्तक

...गाउँको जात्रा हेरी नसक्नुभो,

फेर्नुपर्ने जात्रा थियो फेरि नसक्नु भो।

लाजघिन लागेन कि भन्न मन लाग्यो,

दुई आँखाले हेरौ भने हेरी नसक्नु भो।

३) मुक्तक

जोगी सबै कान चिरा काँच भए निर,

कौडी भाउ, फुच्चे दाउ भिल्ल बेच्ने हिरा।

सागर सुके, मरुभूमि भए हरियाली,

एक छाक ख्वाउ, बोझ थमाउ किन गर्छौ पिर।

४) मुक्तक

बोली कर्कश काम जोशिलो,

धीमा गति होस् पाइला होसिलो।

गन्तव्यको पहाड चढ्नलाई,

पस्कन्छन् जो विचार रसिलो।

५) मुक्तक

कहिले उल्लु ,कहिले गल्लु,बासा बन्ने टेढो हेर्छन्,

भाषा फेर्छौ मौका हेर्छौ, कागका यसै फुल चोर्छन्।

वसन्तको कोइलीझै बेमौसमी लवज भर्दै,

ऋतु, मास विचारेर घरिघरि बोली फेर्छन्।

प्रकाशित: २६ फाल्गुन २०८० १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App