१९ असार २०८१ बुधबार
image/svg+xml
कला

मुर्दा मात्र सक्ने रहेछ,चितामा बसी हरिनाम बोल्न!

मुक्तक

१) मुक्तक

बकबक गरे वाद भयो,

सत्य बोले बर्बाद भयो।

कुतर्कको करेली लगाउँदा,

वा! शानदार संवाद भयो।

२) मुक्तक

केरकार गरे कविता भयो,

होहल्ला गरे रमिता भयो।

बोक्रैले काम चल्दैछ दुनियाँभर,

गुदी कुरा त बेकार भयो।

३) मुक्तक

अहङ्कारको आगो ओकल्न,

खरानीले मुख खोकल्न।

मुर्दा मात्र सक्ने रहेछ,

चितामा बसी, हरिनाम बोल्न।

४) मुक्तक

कतै मन मिलाउन पिलाइन्छ,

कतै नयाँलाई उधारेर सिलाइन्छ।

नसानसामा दम दिएर,

मन नमिले हिलाइन्छ।

५) मुक्तक

क्या संसार सुन्दर छ भन्छन् भट्टीमा पिउनेहरू,

हाय! संसार असार छ भन्छन् पीडामा जिउनेहरू।

संसार जीर्ण भोटो भन्छन्,

उध्रेको मन सिउनेहरू।

प्रकाशित: ३ माघ २०८० ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App