२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

सम्झनाले मुटु जल्छ जहाँ रहे पनि

१) मुक्तक

इन्द्रेनीको रङ छरी नाचिदिउँ कि जस्तो लाग्छ,

तिम्रै लागि सारा जीवन साँचिदिउँ कि जस्तो लाग्छ।

दुई दिने जिन्दगानी छाडी आखिर जानु नै छ,

बिर्सी सबै पिरहरू बाँचिदिउँ कि जस्तो लाग्छ।

 २) मुक्तक

चिनो बन्छ रे मायाको ढुंगै भए पनि,

कहिले नभेटिने गरी टाढा गए पनि।

समयको छालले हुत्याएर अनन्तमा,

सम्झनाले मुटु जल्छ जहाँ रहे पनि।

३) मुक्तक

पत्थर पनि देवता बन्छ श्रद्धा गर्दै धाएपछि,

धर्ती पनि स्वर्ग बन्छ ईश्वर यही आएपछि।

जहाँ व्यवहारमा विश्वास र मनमा माया हुन्छ,

विष पनि अमृत बन्छ मिठो मान्दै खाएपछि।

४) मुक्तक

कतै खाली हुन सक्ला मन यो,

केही जाली हुन सक्ला मन यो।

निश्चल, निर्मल र निर्दोष मन,

न कि गाली हुन सक्ला मन यो।

 ५) मुक्तक

किन हुन्छ साह्रै खलबल यो मन,

किन गर्छ सधैं हलचल यो मन।

आँधी-बेहेरी बोकी हिंड्छ आफैं,

तर पनि त छ निर्मल यो मन।

प्रकाशित: ३ वैशाख २०८० ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App