खेल

एसिसी मेन्स प्रिमियर कपः सोमपालले लगातार दुई बलमा दुई विकेट लिए

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले सातौं विकेट लिएको छ।  

नेपालको लागि सातौं विकेट सोमपाल कामीले लिए। सोमपालले लगातार दुई बलमा दुई विकेट लिएका छन्। छैटौं र सातौं विकेट लगातार लिए भने  पाचौं पनि लिएका थिए। त्यसअघि नेपालको लागि तेस्रो र चौथो विकेट ललित राजवंशीले लिएका थिए। सोमपालले सातौं विकेटको लागि मलेसियाका फित्री सामलाई शिकार बनाए। उनी शुन्यमा आउट भएका थिए।  

छैटौं विकेटमा सोमपालले खिजर हयातलाई आउट गरेका थिए। उनी २२ रन बनाएर खेलिरहेका थिए। पाचौं विकेटमा सोमपालले सेयद अजिजलाई आउट गरे। उनी १३ रन बनाएर खेलिरहेका थिए।

ललितले ३९.१ ओभरमा ललितले विजय उन्नीलाई कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन्। यसअघि ललितले तेस्रो विकेट लिँदै विरनदीप सिंहलाई पवेलियन पठाए।  नेपालका लागि पहिलो विकेट गुल्सन झा र दोस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए।  

यो समाचार तयारपार्दासम्म मलेसिया ७ विकेटको क्षतिमा २२८ रन बनाएर ४९ ओभरमा खेल्दै छ।  

प्रकाशित: ५ वैशाख २०८० ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App