अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडन र पूर्व राष्ट्रपति ट्रम्पबीच तिखो बहस

अमेरिकी राष्ट्रपति जो बाइडन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच चुनाव बहस भएको छ।

सन् २०२४ को अमेरिकी प्रेसिडेन्सियल डिबेटमा राष्ट्रपति बाइडन र पूर्व राष्ट्रपति ट्रम्पबीच तिखो बहस भएको हो।

बहसको शुरुआत अर्थव्यवस्थाको मुद्दाबाट भएको थियो।

महँगीको विषयमा कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडनले ट्रम्पमाथि आरोप लगाउँदै खराब स्थितिमा रहेको अर्थव्यवस्था आफूलाई सुम्पिएको बताए। तर, जवाफमा ट्रम्पले आफ्नो शासनमा अमेरिकाको अर्थ व्यवस्था निकै उचाईमा रहेको बताए।

बाइडनले ट्रम्पको अव्यवस्थाका कारण धनीमानीलाई मात्रै लाभ भएको भन्दै त्यसले गरिबको स्थितिमा कुनै सुधार नआएको दावी गरे।

त्यसपछि ट्रम्पले मतदाताहरूका लागि इतिहासमै सबैभन्दा बढी कर कटौती आफ्नो प्रशासनले गरेको दावी गरे।

बहसको क्रममा अफगानिस्तानबाट सेना फिर्ता आउनु र कोरोना महामारीको समय सरकारको व्यवहारमाथि पनि चर्चा भयो।

अमेरिकी राष्ट्रपति बाइडनले ट्रम्प प्रशासनको क्रममा अमेरिकी सेना अफगानिस्तानमा लडिरहेको बताए भने जवाफमा ट्रमपले आफ्नो योजना त्यहाँबाट एक सम्मान र शक्तिका साथ बाहिर आउनु रहेको बताए।

प्रकाशित: १४ असार २०८१ ०९:३८ शुक्रबार

#joe_biden #america #donald_trump #president #trump