अन्तर्राष्ट्रिय

विकिलीक्सका संस्थापक जूलियन असान्ज ५ वर्षपछि रिहा

विकिलीक्सका संस्थापक जूलियन असान्ज रिहा भएका छन्। ५ वर्ष बेलायतको जेलमा सजाय भोगिरहेका असान्जलाई अमेरिकी प्रशासनसँगको सम्झौता पछि रिहा गरिएको हो। तर, सम्झौताबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन।

५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित दस्तावेज चोरेको र सार्वजनिक गरेको आरोप लगाइएको थियो।

अमेरिकी प्रशासनले इराक र अफगानिस्तानसँग सम्बन्धित फाइल विकिलीक्सले सार्वजनिक गर्दा कैयन मानिसको जीवन खतरामा परेको असान्जमाथि आरोप लगाएको थियो।

बीबीसीका अनुसार विकिलीक्सले एक्समाथि असान्जबारे जानकारी दिँदै लेखेको छ, ‘जूलियन असान्ज रिहा भएका छन्। १९०१ दिन पछि उनी २४ जूनका दिन बेलायतको बेलमार्शको जेलबाट बाहिर आएका छन्। बेलायतको उच्च अदालतले उनलाई जमानतमा रिहा गरेको र उनले बेलायत छोडिकसकेका छन्।’

प्रकाशित: ११ असार २०८१ ०९:०१ मंगलबार