कला

सम्झनाको फोटोकपी लोकार्पण

कवि सुरेश राईको सम्झनाको फोटोकपी कवितासंग्रह पोर्चुगलको राजधानीमा एक कार्यक्रमका बीच लोकार्पण भएको छ।

कार्यक्रम लिज्बोनस्थित नेपाली चेन रेष्टुरेन्ट ग्रील एण्ड चिलको हेडक्वाटर आरोसमा सप्पन्न भएको हो। पुस्तकको लोकार्पण लिज्बोनमा रहेर व्यावसाय गरिरहेका सुमेश श्रेष्ठ, दिनेश श्रेष्ठ र गायक मेघ लामाले संयुक्त रूपमा गरेका थिए।

रेस्टुरेन्ट सञ्चालक सुमेश श्रेष्ठले कवि राईका कविताहरू सरल र सबैले बुझ्ने खालको बताउँदै लेखन यात्राका लागि शुभकामना व्यक्त गरे।

त्यस्तै अर्का व्यावसायी दिनेश श्रेष्ठले कविको आमासम्बन्धी कविता अत्यन्तै मर्मस्पर्शी रहेको र यो कृति सफल हुने विश्वास व्यक्त गरे।

आफू गीतसंगीतको विद्यार्थी भएकाले कविता र संगीतको अटूट सम्बन्ध हुने बताउँदै गायक मेघ लामाले कविको कविताको प्रशंसा गरेका थिए।

कार्यक्रममा कवि/गीतकार निलम राईले संग्रहका तीन कविता वाचन गरेकी थिइन्। उनले साधारण बिम्बको प्रयोग गर्दै कवि राईले गहन कुरा व्यक्त गरेको बताइन्।

 भिजनरी डिलाइट ईभी कम्पनीका प्रबन्धक रजनी घलेले कार्यक्रम संचालन गर्दै संग्रहभित्रको टग अफ वार कविता वाचन गरेकी थिइन्।

पुस्तक शब्द मिडिया प्रालिले बजारमा ल्याएको हो। खोटाङका कवि राई हाल दक्षिण कोरियामा कार्यरत छन्।

प्रकाशित: २२ वैशाख २०८१ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App