प्रविधि

सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा छ: मन्त्री शर्मा

फाइल तस्बिर +

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन्।

आज सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो कुरा बताएकी हुन् । उनले सरकारले व्यवस्थित रुपमा ऐन कानुनहरूलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरी मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्ने बताइन। 

मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको जानकारी दिइन।उनले अब नेपालबाट विदेशमा श्रमिक नभएर सेवा निर्यात गर्न सक्नुपर्ने बताइन। उनले यसका लागि सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अगाडि बढाएको धारणा राखिन। मन्त्री शर्माले विज्ञहरूको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रमको परिमार्जन गरी अघि बढ्ने उल्लेख गरिन। उनले  नेपालले पनि सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सबैको सहकार्य आवश्यक रहेको जानकारी दिइन।उनले प्रविधिको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताइ।  

मन्त्री शर्मा संघीय निजामती ऐनमा आइटी समूह राख्नका लागि प्रयास भइरहेको बताइन । उनले सरकारी सेवालाई नै आधुनिक बनाउने बाहेक सरकारले नयाँ कार्यक्रम मार्फत पूर्वाधार निर्माण तथा सेवाको गुणस्तर बढाउन काम गरिरहेको उल्लेख गरिन। 

प्रकाशित: १५ श्रावण २०८० ०८:५६ सोमबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सूचना प्रविधिको विकास सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस)