खेल

नेपालले जिम्बावे 'ए' लाई हरायो

तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपालले जिम्बावे 'ए' लाई हराएको छ। नेपालले जिम्बावे 'ए' माथि ८ विकेटको जित निकालेको हो। जिम्बावे 'ए' ले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले ओभरमा दुई विकेट गुमाएर भेटायो।

नेपालका लागि आशिफ शेखले नटआउट ८७ रन बनाए। यस्तै कुशल भुर्तेल ३४ र बसिर अहमद १० रन बनाएर आउट भए। बलिङतर्फ जिम्बावे 'ए' का लोके जोङ्गी र ब्रान्डन मभुताले एकरएक विकेट लिए। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे 'ए' ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन बनायो।

त्यस्तै रोए कायाले ४९, तदिवान्शे मौरामनीले २७ र लुके जोङ्गेले नटआउट २३ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र बसिर अहमदले एकरएक विकेट लिए। जिम्बावे 'ए' का तीन जना खेलाडी रन आउट भए।

योसँगै तीन खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएको छ। यसअघि पहिलो टी–२० खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।

प्रकाशित: २१ वैशाख २०७९ १०:३९ बुधबार

जिम्बावे 'ए' तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेल