खेल

अन्तरस्कुल यु-१६ टी-२० क्रिकेट हुँदै

आगामी वैशाख १९ गतेदेखि जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ।

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गरायो। नेपाली क्रिकेटको विकासमा योगदान दिएका नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष शाहको नाममा यो प्रतियोगिता हुन लागेको हो।

आयोजक संघका अध्यक्ष दिवाकर घलेले ग्रासरुटदेखि नै क्रिकेटको विकास गर्ने उद्देश्यअनुरूप यो प्रतियोगिता आयोजना गर्न लागेको बताए। वैशाख ३० सम्म हुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा रेडियन्ट रिडर्स एकेडेमी, संस्कृति इन्टरनेसनल स्कुल, सैनिक आवासीय महाविद्यालय र त्रियोग हाईस्कुल तथा समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, गेटवे एकेडमी, आलोक विद्याश्रम स्कुल र डिएभी स्कुल छन्।

समूह ‘सी’ मा केएमसी स्कुल, जेम्स स्कुल, अपी स्कुल र एन्जल हार्ट्स एकेडेमी स्कुल तथा समूह ‘डी’ मा रत्नराज्य स्कुल, मोक्षदा स्कुल, नेक्सस इन्टरनेसल एकेडेमी र एलआरआई स्कुल छन्। समूहचरणमा हरेक दिन चार खेल हुनेछन्।

प्रकाशित: १८ वैशाख २०८१ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App