खेल

हङकङविरुद्ध ललितले लिए आफ्नो पहिलो विकेट

एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपालले हङकङविरुद्ध चौथो सफलता हात पारेको छ।  

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको हङकङले आफ्नो चौथो विकेट गुमाएको हो। नेपालका ललित राजवंशीको बलमा हङकङका बाबर हायात आउट भएका हुन्। बाबर ६ रन बनाएर पभेलियन फर्केका छन्।

१० ओभरको खेल सकिँदा हङकङ ४ विकेट गुमाएर ७० रन बनाएर खेलिरहेको छ।

प्रकाशित: ३ वैशाख २०८१ १३:४२ सोमबार

एसीसि मेन्स प्रिमियर कप ललित राजवंशी