खेल

हङकङविरुद्ध नेपाललाई तेस्रो सफलता

एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपालले हङकङविरुद्ध तेस्रो सफलता हात पारेको छ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको हङकङले आफ्नो तेस्रो विकेट गुमाएको हो। नेपालका अविनाश बोहराको बलमा हङकङका अंशी राथ रन आउट भएका हुन्। उनलाई गुलशन झाले रन आउट गरेका छन्।

अंशी ३४ रनमा पभेलियन फर्केका छन्।

९ ओभरको खेल सकिँदा हङकङ ३ विकेट गुमाएर ६७ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: ३ वैशाख २०८१ १३:३८ सोमबार

एसीसि मेन्स प्रिमियर कप हङकङ अंशी राथ अविनाश बोहरा