खेल

एसीसि मेन्स प्रिमियर कपः टस जितेर पहिला फिल्डिङ्ग गर्दै नेपाल

एसीसि मेन्स प्रिमियर कप अन्तर्गत आजको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग रोजेको छ।

बिहान ११ः४५ बजेका लागि तय गरिएको हङकङ र नेपालबीचको खेल वर्षाका कारण प्रभावित भएपछि केहीबेर अघि मात्रै सुरु भएको हो।

ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने आजको खेलमा नेपालको प्लेइङ्ग ११ मा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, अविनाश बोहरा र ललित राजंशी रहेका छन्।

आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रदै छ।

तर, वर्षाका कारण आजको खेलको नतिजा के होला भन्ने हेर्न बाँकी छ।

प्रकाशित: ३ वैशाख २०८१ १२:५३ सोमबार

एसीसि मेन्स प्रिमियर कप नेपाल ब्याटिङ्ग हङकङ