खेल

आयरल्यान्डका डोहेनीको उत्कृष्ट प्रदर्शन, बनाए शतक

आयरल्यान्ड वुल्भ्सको ब्याट्सम्यान स्टीफन थॉमस डोहेनीले आइतबारको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। खेलका ओपनर ब्याट्सम्यान डोहेनीले शतक पुरा गरेका छन्।

एकदिवसिय श्रृखंला अन्तर्गत आइतबार भइरहेको तेस्रो तथा फाइनल खेलमा आयरल्यान्ड वुल्भ्सका ब्याट्सम्यान डोहेनीले १२६ बलमा १ सय रन बनाएका हुन। उनले ८ चौका र १ छक्काको सहायताले शतक बनाएका हुन।

आयरल्यान्ड वुल्भ्सले आजको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको थियो।

प्रकाशित: २५ चैत्र २०८० १२:४३ आइतबार

आयरल्यान्ड वुल्भ्स