खेल

आयरल्यान्ड वुल्भ्सको सातौँ विकेट पतन

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल 'ए' ले लगातार सातौँ सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरिरहेको आयरल्यान्ड वुल्भ्सको छौँ र सातौँ विकेट पनि पतन भएको छ।

नेपाल 'ए' का लागि अर्जुन साउदले छैटौँ विकेट लिँदा साहब आलमले सातौँ विकेट लिएका छन्।

हालसम्म ३८ ओभरको खेल सकिँदा आयरल्यान्ड वुल्भ्स ७ विकेटको क्षतिमा १५७ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: २१ चैत्र २०८० १२:२१ बुधबार

आयरल्यान्ड वुल्भ्स