खेल

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ लाई दोस्रो सफलता

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले दोस्रो सफलता हात पारेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला फिल्डिङ्ग गर्ने मौका पाएको नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्सका ओपनर ब्याट्सम्यान जेम्स म्यालुम र स्टेफन डोहनीलाई आउट गरेको हो।

जेम्सलाई नेपाल ‘ए’ का रिजन ढकालको बलमा अर्जुन साउदले क्याच आउट गरेका हुन्। जेम्स १२ रनमा पबेलियन फर्केका छन्।

यस्तै आयरल्यान्ड वुल्भ्सका अर्का ओपनर ब्याट्सम्या स्टेफनलाई सहदाव आलमले एलबी डब्लु आउट गरेका हुन्। उनी पनि १२ रनमै आउट भएका छन्।

प्रकाशित: २१ चैत्र २०८० १०:१७ बुधबार

आयरल्यान्ड वुल्भ्स नेपाल ‘ए’ त्रिवि क्रिकेट मैदान