खेल

आरिफको अर्धशतक पूरा, नेपाल ६ विकेट गुमाएर मैदानमा

आयरल्यान्ड वुल्भ्सविरुद्ध जारी टी-२० अभ्यास खेलमा नेपालले ६ विकेट गुमाएको छ।

सुरुदेखि नै कमजोर प्रदर्शन गरेको नेपाल 'ए' ले १६ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा १२९ रन जोडेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्गका लागि मैदान उत्रेको नेपालका कुनैपनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन।  

१०० रन समेत कटाउन कठिन भइरहेको नेपाल 'ए' का लागि आरिफ शेखले भने पारी सम्हाल्दै अर्धशतक पूरा गरेका छन्।  

हाल नेपालका लागि मैदानमा आरिफ र राशिद खान ब्याटिङ्ग गरिरहेका छन्।

प्रकाशित: १९ चैत्र २०८० १४:१९ सोमबार

आयरल्यान्ड वुल्भ्स टी-२० अभ्यास खेल नेपाल 'ए'