खेल

नेपाललाई दोस्रो झट्का, कुशल २५ रनमा आउट

टी–२० अभ्यास खेल अन्तर्गत नेपालविरुद्ध आयरल्यान्ड वुल्भ्सले दोस्रो सफलता हात पारेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले दोस्रो विकेट गुमाएको हो। नेपालका अर्का ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई  आयरल्यान्ड वुल्भ्सका म्याथ्यू फोस्टरले २५ रनमा आउट गरेका हुन्।

यसअघि नेपालका आशिफ शेख ११ रनमा आउट भएका थिए।

छैटौँ ओभरको खेल सकिँदा नेपाल २ विकेट गुमाएर ५१ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १३ चैत्र २०८० १३:२४ मंगलबार

टी–२० अभ्यास खेल नेपाल आयरल्यान्ड वुल्भ्स ब्याटिङ्ग कुशल भुर्तेल