खेल

धमाकेदार ब्याटिङ गरेका गुलशन बिलालको बलमा आउट

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा धमाकेदार ब्याटिङ गरेका गुलशन झा आउट भएका छन्।

२० बलमा अर्धशतक पूरा गरेका गुलशन ओमानका बिलाल खानको बलमा शकिल अहमदको क्याचमा आउट भएका हुन्।

उनले नेपालको पारी सम्हाल्दै ४ छक्का र ५ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरे।

प्रकाशित: १९ कार्तिक २०८० ०६:३९ आइतबार

आइसिसी ट्वान्टी–२० विश्वकप छनोट गुलशन झा