खेल

गुलशनको धमाकेदार ब्याटिङ, २० बलमा अर्धशतक पूरा

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालका गुलशन झाले अर्धशतक पूरा गरेका छन्। धमाकेदार ब्याटिङ गर्दै गुलशनले ५० रन पूरा गरेका हुन्।

उनले २० बलमा ५० रन पूरा गरेका छन्। ४ विकेट गुमाइसकेको नेपालको पारी सम्हाल्दै गुलशनले ४ छक्का र ५ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन्। टी ट्वान्टीमा गुलशनको पहिलो अर्धशतक हो।

अहिलेसम्म नेपालले १६ ओभरमा १२८ रन बनाएर ४ विकेट गुमाएको छ । 

प्रकाशित: १९ कार्तिक २०८० ०६:३० आइतबार

आइसिसी ट्वान्टी–२० विश्वकप छनोट गुलशन झा