समाज

माछा मार्न गएका शिक्षकलाई खोलाले बगाउँदा मृत्यु

जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका-९ का घर भइ कालिका माविमा कार्यरत ३८ वर्षीय शिक्षक इन्द्र बहादुर रोकाय रहेका छन्।

शनिवार राति-११ बजे कुशे गाउँपालिका-१ पागेचौरस्थित चैयाखोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। खोलाले बगाएका रोकायको शव भेटिए पछि प्रहरीले उनको मृत्युको पुष्टि गरेको हो।

प्रकाशित: ९ असार २०८१ ०७:२४ आइतबार

#Jajarkot #kushe rural municipality