समाज

पृथ्वी राजमार्ग दुर्घटना: कार चालक समिर ओझाको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ।

पुरानो मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा कार चालक ३५ वर्षीय समिर ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

ओझाको घर कस्की जिल्ला पोखरा महानगरपालिकाका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।

नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस आज बिहान त्रिशूली नदी किनारमा खसेको थियो। काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खस्दा १३ जना घाइते भएका थिए।

प्रकाशित: ३२ जेष्ठ २०८१ ११:३२ शुक्रबार

#accident