समाज

पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु

इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति पिकअप सडकबाट खस्दा एकजनाको मृत्यु भएको छ। चालकसमेत रहेका अर्का युवक घाइते भएका छन्।

सापकोटा गाउँको भित्री कच्ची सडकमा प्र. १–०३–००१ च ००६९ नम्बरको पिकअप पल्टिँदा इलाम नगरपालिका–५, बरबोटेका अन्दाजी २३ वर्षे सहचालक तोया घिमिरेको मृत्युु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश जबेगूले दुर्घटनामा गम्भीर घाइते घिमिरेको उपचारका लािग अस्पताल लैजाँदैगर्दा बाटैमा मृत्यु भएको जानकारी दिए।

प्रहरीका अनुसार बिब्ल्याँटेबाट जमुनातर्फ गइरहेको पिकअप सडकबाट खसेको थियो। दुर्घटनामा इलाम नगरपालिका–४ का २० वर्षे चालक अभिशेक तिवारी घाइते भएका छन्। उनको अवस्था सामान्य छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी जबेगूले बताए। 

प्रकाशित: २८ वैशाख २०८१ ०७:०७ शुक्रबार

#Ilam #accident #pick_up #one_dead