समाज

काठमाडौँ महानगरले महोत्तरीका आगलागी पीडितलाई १० लाख सहयोग गर्ने

काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिए।

उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ। जरलहवा टोलमा यही वैशाख १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो।

आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए। यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँच वटा बाख्रा, दुई वटा सुँगुर जलेर नष्ट भएका थिए। 

प्रकाशित: १७ वैशाख २०८१ १३:२२ सोमबार

काठमाडौँ महानगर आगलागी पीडितलाई १० लाख सहयोग उपलब्ध गराउने निर्णय महानगर विपद् व्यवस्थापन समिति