समाज

तीन जना नागरिक ‘क्रिएटर्स च्याम्पियन’

यस वर्षको नागरिक ‘क्रिएटर्स च्याम्पियन’ तीन जना भएका छन्।

मंगलबार नेपाल रिपब्लिक मिडियाको १५ औँ वार्षिकोत्सव तथा १६ औं वर्ष प्रवेशका अवसरमा आयोजित एक कार्यक्रमकाबीच ‘क्रिएटर्स च्याम्पियन’ हरुलाई  घोषणा गरिएको हो।

‘क्रिएटर्स च्याम्पियन’ काे दक्षता भण्डारी, दोस्रो  साकिला पोखरेल, तेस्रो स्वीकृती न्यौपाने भएकी छिन्। च्याम्पियनका प्रथमलाई नगद १ लाख, दोस्रोलाई नगद ७० हजार र तेस्रोलाई नगद ५० हजारसहित सम्मानपत्रले सम्मान गरिएको छ।

नेपाल नागरिक रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली, बैंकर अनिल केशरी शाह र युवा उद्यमी सौरभ ज्योतीले ‘क्रिएटर्स च्याम्पियन’ को मेन्टर गरेका थिए। यसैबिच नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली र नेपाल रिपब्लिक मिडिया लिमिटेड सञ्चालक समितीका सदस्य रोमनाथ घिमिरेले मेन्टर अनिल केशरी शाह र सौरभ ज्योतीलाई धन्यवादसहित सम्मान पत्र प्रदान गरेका थिए।

नेपाल रिपब्लिक मिडियाले युवाहरूबाट देश बनाउने आइडिया लिने उद्देश्यले ‘म नागरिक म बनाउँछु नेपाल’ भन्ने नाराका साथ क्रिएटर्स च्याम्पियन’ सुरू गरेको थियो। 

प्रकाशित: ११ वैशाख २०८१ १९:४९ मंगलबार

नागरिक ‘क्रिएटर्स च्याम्पियन’