समाज

धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजु नागरिक नायक

धुलिखेल अस्पतालका संस्थापक डा.रामकण्ठ माकजु श्रेष्ठ नागरिक नायक २०८१ भएका छन्।

मंगलबार ललितपुरको पाटनदरबार स्क्वायर क्षेत्रमा आयोजित एक औपचारिक कार्यक्रममा श्रेष्ठलाई  ‘नागरिक नायक २०८१’ बाट सम्मान गरिएको हो।

प्राध्यापक माकजु सामान्य गाउँले परिवेशबाट उठेर अस्ट्रियाको भियनामा चिकित्सा पेसा गर्न सक्षम समाजसेवी हुन। संसारको उत्कृष्ट सेवासुविधा भएको ठाउँबाट १५ वर्षपछि फर्केर आफ्नो थातथलोमा अस्पतालको परिकल्पना गर्दा उनीसँग आँटबाहेक केही थिएन।

२८ बाट सुरु भई आज सात सय शड्ढयाभन्दा बढीको अस्पताल तयार हुँदैछ। एकजनाबाट सुरु भएर आज १५ सयभन्दा बढी सहकर्मी तपाईंको होस्टेमा हैँसे गर्दै छन्। दैनिक करिब २५ सय बिरामी देशभरिबाट आएर उपचार र सेवा लिइरहेका छन्।

उनले काठमाडौँ विश्वविद्यालयको प्रतिष्ठित उपकुलपति पदमा रहेर विश्वविद्यालयको श्रीवृद्धिमा समेत तपाईंले गरेको योगदान गरेका छन्।

प्रकाशित: ११ वैशाख २०८१ १८:४२ मंगलबार

धुलिखेल अस्पताल नागरिक नायक २०८१ डा.रामकण्ठ माकजु श्रेष्ठ