समाज

आजदेखि गड्डाचौकी नाका तीनदिन बन्द रहने

कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीनदिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमवार एक सुचना जारी गर्दै भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि बन्द हुने जानकारी दिएको छ।

‘उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका आज साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ,’ कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, ‘भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ।’

आज साँझ ५ः१५ बजेदेखि मतदान सम्पन्न नभएसम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन्। ‘स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन्,’ उनले भने, ‘त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्टे«टले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।’ रासस

प्रकाशित: ४ वैशाख २०८१ ०६:४९ मंगलबार

कञ्चनपुर गड्डाचौकी तीनदिन बन्द जिल्ला प्रशासन कार्यालय भारतको उत्तराखण्ड