राजनीति

निर्वाचनको मिति साउन पहिलो हप्ता घोषणा हुन्छः गगन थापा

फाइल तस्बिर।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो हप्ता निर्वाचनको मिति घोषणा हुने बताएका छन्।

उनले सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त कुरा बताएका हुन्। थापाले आगामी साउनको ४ र ५ गते बस्ने मन्त्रिपरिषदले संघ र प्रदेशको निर्वाचनको मिति सार्वजनिक गर्ने जानकारी दिए।

उनले निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आव्हान गरेका थिए। थापाले छ महिना सरकार चलाउँदा केही कमी कमजोरी भएको बताएका छन्।

उनले सरकारका काम कारबाहीबारे सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा व्यापक छलफल गर्ने बताए। थापाले पार्टी सञ्चालनका विगतको परम्परामा सुधार गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २७ असार २०७९ ०७:०७ सोमबार

नेपाली कांग्रेसका महामन्त्री गगन थापा ललितपुर