राजनीति

दलितको मुद्दालाई प्राथमिकता दिन सुझाव

नेपालमा दलित समुदायमाथि नयाँ स्वरुपमा हिंसा भएकोले उनीहरुको मुद्दालाई प्राथमिकताका साथ बाहिर ल्याउन बिज्ञहरुले सु्झाएका छन्। क्रियाशिल दलित पत्रकार संघ नेपालको तेस्रो स्थापना दिवसको अवसरमा उपस्थित सहभागीहरुले यस्तो सुझाएका हुन्।

सो क्रममा दलित बुद्धिजीवि तथा लेखक हीरा विश्कर्माले दलित पत्रकारका भूमिकाको बिषयमा सुझाउँदै अहिले नयाँ स्वरुपमा दलित समुदायमाथि हिंसा भएकोले खोजमुलक समाचारको माध्यमबाट उनीहरुको पीडालाई बाहिर ल्याउन आवश्यक भएको सुझाए। ‘अबको सचामार दलित समुदायको मुक्तिको लागि विचार निर्माण गर्ने गरी खोजिनु पर्छ’, उनले भने।  

कार्यक्रमा नेपाल पे्रस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दलित समुदायले आफ्नो मुद्दाको बारेमा खोजमुलक समाचार सामाग्रीमार्फत दलित समुदायको मुद्दालाई मूलधारमा ल्याउन आवश्यक भएको सुझाए।

वरिष्ठ पत्रकार बाबुराम बिश्वकर्माले पछिल्लो समय मधेशका दलित  समुदायमाथि तेब्बर हिंसा बढेकोले नयाँ स्वरुपमा मिडिया पीडितको आवाजमा केन्द्रित हुनुपर्ने आजको पत्रकारको भूमिका आवश्यक भएको बताए। ‘ केही समय अघि गरिएको एक रिपोर्टले मधेशी दलितमा तीन गुणा हिंसा बढेको देखिन्छ’, उनले भने।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले दलित समुदायका मुद्दालाई बाहिर ल्याउन  मिडियको मुख्य भूमिका भएकोले आयोगले संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे।

क्रियाशिल दलित पत्रकार संघकी अध्यक्ष पवित्रा सुनारले संघका संचारकर्मीमार्फत दलित समुदायको मुद्दालाई थप प्रभावकारी रुपमा बाहिर ल्याउने र मुद्दालाई मूलधारका मिडियामा समेट्ने बताइन्।

‘अबका दिनहरुमा दलित समुदायका मुद्दालाई खोज अनुसन्धान गरी बाहिर ल्याउने काममा संघको भूमिका हुनेछ,’ उनले भनिन्।

यसैबीच क्रियाशिल दलित पत्रकारसंघको आधिकारिक  वेभसाइट आडजोन डट ओरआरजी सार्वजनिक भएको छ।

प्रकाशित: ५ मंसिर २०७८ १२:०३ आइतबार

दलित समुदाय