राजनीति

कांग्रेस–एमालेले चाहेर मात्र संविधान संशोधन हुन्न: माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने निष्कर्ष निकालेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

‘उहाँहरूले चाहेर मात्रै संविधान संशोधन हुँदैन। दुई दलको छलफलले मात्र संविधान संशोधन गर्छौं भन्ने कुरा हुँदै नहुने कुरा हो। जसमा सबै दल बस्नुपर्छ, तयार हुनुपर्छ,’ माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नागरिकसँग भने, ‘त्यसमा पनि यो संविधान निर्माणको महत्त्वपूर्ण दल माओवादी केन्द्रसँग सहमति नगरेर जान सकिन्छ भन्ने सोच्नु कल्पनाभन्दा बाहिरको कुरा हो।’

संविधान संशोधन गर्दा कुन–कुन विषयमा गर्ने त्यसमा आफूहरू छलफल गर्न तयार भएको उनले बताए।

‘निर्वाचन प्रणालीमा हो कि, शासकीय स्वरूपमा हो कि, शासन प्रणालीमा हो कि, केमा संशोधन चाहिएको हो उहाँहरूलाई रु त्यो खुलेकै छैन,’ सचिव पौडेलले भने।

प्रकाशित: १८ असार २०८१ १२:०६ मंगलबार

#Maoist Center #Devendra Paudel