राजनीति

प्रधानमन्त्रीले भने: मन्त्रीले नटेरेकै त होइन, गति नलिएको हो

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका मन्त्रीहरूले आफ्नो निर्देशन पालना नगरेको स्थिति नरहेको बताएका छन्।

शनिबारको धान दिवसमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

‘मन्त्रालयका आ–आफ्ना जटिलता छन्। मन्त्रीहरूले प्रधानमन्त्रीको निर्देशन पालन नगरेको स्थिति होइन्,’ प्रधानमन्त्री दाहालले भने, ‘जति गति लिनुपर्ने हो, त्यति भएको छैन भन्ने अर्थमा हो।’

कस्तो गति चाहेको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘जनताले प्रस्ट देखिने गरी परिणाम दिनुपर्छ।’ सरकारले मेहनत गरिरहेको उनले दाबी गरे।

मन्त्रीले नटेरेको सन्दर्भमा ‘त्यस्तो चाहिँ होइन्’भन्ने जवाफ प्रधानमन्त्री दाहालले फर्काए। अहिले नै हतारिएर वाम एकता गर्ने पक्षमा नरहेको समेत प्रस्टोक्ति दिए।

प्रकाशित: १४ असार २०८१ १८:२३ शुक्रबार

#puspakamal dahal