राजनीति

धान रोप्न चितवन पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय धान दिवस  मनाउन चितवन आइपुगेका छन्। शनिबार मनाइने धान दिवसका लागि प्रधानमन्त्री दाहाल शुक्रबार साँझ चितवन आइपुगेका हुन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नेतृत्वमा चितवनको रत्ननगर नगरपालिका ६, बछौलीमा रहेको बछुली बहुउद्देश्यीय कृषक समूहको खेतमा मेसिनको प्रयोग गरी धान रोपेर धान दिवस मनाउन तयारी छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले मेसिनबाट धान रोप्ने कार्यक्रम रहेको छ।

जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मनाइँदै छ। 

प्रकाशित: १४ असार २०८१ १८:०१ शुक्रबार

#puspakamal dahal