राजनीति

कोशी सरकारविरुद्धको रिट सोमबार पनि हेर्दाहेर्दैमा

कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सोमबार पनि हेर्दाहेर्दै रहेको छ।

न्यायाधीशहरू नकुल सुवेदी, कुमार रेग्मी र अब्दुल अजिज मुसलमान सम्मिलित पूर्ण इजलासमा सुनुवाइ भएको रिट हेर्दाहेर्दैमा परेको हो।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई २६ वशाखमा स्वत पदमुक्त गर्दै  सोही उपधारा अनुसार २७ वैशाखमा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। नयाँ सरकार गठनका विरुद्ध २७ बैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित: १० असार २०८१ १७:५३ सोमबार

#Koshi province #Kader Karki