राजनीति

संसद बैठक बस्दै, आज प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेछन्।

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

प्रकाशित: ६ असार २०८१ ०६:४९ बिहीबार

#parliament #prachanda #Budget ##Pushpa_Kamal_Dahal