राजनीति

बालुवाटारमा प्रधानमन्त्री र नेपालबिच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच  छलफल भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबिच भेटवार्ता भएको हो।

भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको बताएको छ। सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार हुन सकेको छैन।  

भने मधेसमा एमाले र माओवादीले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता भएर नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न आग्रह गर्दै आएका छन्। 

तर एकीकृत समाजवादीले मधेसमा पुरानो समीकरण अनुसार बनेको जसपा नेपाल नेतृत्वको सरकार छाड्न सकिरहेको छैन। जसका कारण मधेस प्रदेश सरकार अल्पमतमा परिसकेको छ।

प्रकाशित: २१ जेष्ठ २०८१ १०:१७ सोमबार

#Baluwatar #Prime Minister Pushpa Kamal Dahal #Madhav Kumar Nepal